नियम १५
वार्षिक प्रतिवेदन

आयोगले ऐनको दफा ४५ बमोजिम पेश गर्ने वार्षिक प्रतिवेदनमा देहायका कुराहरू समावेश गर्नु पर्नेछः–

(क) आयोगको जनशक्ति व्यवस्थापन तथा सामग्री व्यवस्थापन,

(ख) आयोगको वार्षिक योजना तथा त्यसको कार्य प्रगति,

(ग) सङ्कलित तथा अद्यावधिक गरिएका मतदाताको संख्या,

(घ) निर्वाचन सञ्चालन तथा व्यवस्थापन,

(ङ) सूचना प्रविधिको व्यवस्थापन र प्रयोग,

(च) राजनीतिक दल व्यवस्थापन,

(छ) स्रोत परिचालन,

(ज) निर्वाचन सम्बन्धी विद्यमान नीति वा प्रचलित कानूनमा सुधार गर्नु पर्ने विषयमा सम्बन्धित निकायलाई दिएको सुझाव,

(झ) अन्य आवश्यक कुराहरू ।